चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु
भरतपुर - चितवन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । त्यहाँ राप्ती नगरपालिका वडा नम्बर १३ बाट गणना सुरु भएको हो । बिहीबार भएको निर्वाचनमा चितवन१ मा ९६ हजार १ सय ५४ मतदान भएको छ ।
यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि ढकाल, नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी, नेकपा एमालेबाट दावा लामा, नेपाली कम्युनिस्ट पार्टीबाट डा. कृष्णराज पन्त, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बलराम खनाल लगायत उम्मेदवार छन् ।
२०७९ मा भएको निर्वाचनमा चितवन १ बाट रास्वपाका हरि ढकाल विजयी भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ०८:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

