चितवन-३ मा रास्वपाकी सोविताको अग्रता
चितवन - चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले अग्रता लिएकी छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार गौतमले ९सय २५ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीकी रेणु दाहालले ६सय ७९ मत पाएकी छन् ।
यस्तै नेकपा एमालेका उम्मेदवार शंकरराज थपलियाले २सय २, नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले १ सय २९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक थापा मगरले २२ मत ल्याएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ०७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

