अख्तियार र सीआइबीको नक्कली कर्मचारी बनेर ठगी गर्ने पक्राउ
शनिबार, वैशाख १३, २०८२
धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

मुम्बईको कोठीमा लगेर ८० हजारमा महिला बिक्री गर्ने भोटेनाम्लाङका चमारे ३० वर्षपछि पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
मानव बेचबिखन तथा ओसारपसार ब्यूरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

ठगी कार्यमा संलग्न पाँच जना बंगलादेशी पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्टमार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति व्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जना पीडितहरूबाट ४५ हजार ५ सय अमेरिकन डलर लिई सम्पर्कबिहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध...

अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
शुक्रबार, वैशाख १२, २०८२
देवकोटाले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–११ बबरमहलबाट पक्राउ गरेको हो ।

भारतबाट मधेशका आठ जना किशोरको उद्धार
बिहीबार, वैशाख ११, २०८२
राम्रो तलव पाउने प्रलोभन देखाई बन्धक बनाएर नेटवर्किङ विजनेसको तालिम दिइरहेको बेला, उद्धार गरिएको आठ जनासहित पाँचसय जना बढी व्यक्तिहरूलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो ।

बलात्कार गरेको आरोपमा पक्राउ
बुधबार, वैशाख १०, २०८२
मण्डलले ती किशोरीलाई ग्रामथान गाउँपालिका–१ स्थित मसलाको घारीमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय हरैचाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बारामा १० लाख ८० हजारको चाँदीको गहना बरामद
बुधबार, वैशाख १०, २०८२
प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाचोकमा वीरगंजबाट तुलसिपुर दाङ जाँदै गरेको बा.प्र.३२५६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।

धनकुटाबाट २० किलो गाँजासहित एक पक्राउ
मंगलबार, वैशाख ९, २०८२
मंगलबार धरानतर्फ जाँदै गरेको बा ७३ प ३९१५ नम्बरको कालो रङको मोटरसाइकललाई लेउती खोलाको पुलमा रोकी जाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा लोड गरी लाँदै गरेको अवस्थामा जेब्रा झोलाभित्र लागू औषध गाँजा २० केजी फेला परेको हो ।

पोखराबाट नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ
मंगलबार, वैशाख ९, २०८२
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पौडेलका विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

कुकुरलाई निर्दयी व्यवहार गरेर मार्ने दुई जना पक्राउ
मंगलबार, वैशाख ९, २०८२
हार्जङ क्वाछिवाङ भन्ने स्थानमा कुकुरलाई रुखमा झुन्ड्याई निर्दयी व्यवहार गरी मारेको भिडियो समाजिक सञ्जालमा अपलोड गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रोल्पाले सोमबार पक्राउ गरेको हो । उनीहरूले वैशाख ३ गते कुकुरलाई रुखमा झुण्ड्याएर मारेका थिए ।

उपसचिव हुँ भन्दै ठगी गर्ने दैलेखकी जानुका पक्राउ
मंगलबार, वैशाख ९, २०८२
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ
आइतबार, वैशाख ७, २०८२
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डमा गएको टोलीले वडा ६ पथराबुधरामबाट स्रोत नखुलेको अवैध १० लाख नेपाली रूपैयाँसहित भारत विहार मोतिहारी जिल्ला ग्राम पोष्ट थाना कुन्डवा चैनपुर बजारका २३ वर्षीय राज किशोर ठाकुरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

अवैध लागूऔषधसहित १२ जना पक्राउ
शनिबार, वैशाख ६, २०८२
इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
साताको लोकप्रिय