Harsamaya
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु पक्राउ
निर्माण व्यवसायी रमेश शर्मा ।

काठमाडौं - निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक शर्मा र लामा कन्स्ट्रक्सनका बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो ।

मन्त्रालयको पत्रका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्का ले बताएका छन् ।

आफूहरूले लिएको ठेक्का समयमै सम्पन्न नगरेको आरोपमा उनीहरूलाई उपस्थित गराइदिन सहरी विकास मन्त्रालयले प्रहरीलाई आग्रह गरेको थियो ।

शर्मा एन्ड कम्पनीले नागढुंगा सुरुङमार्गको काम समयमै सम्पन्न गर्न सकेको छैन । दुवै जनालाई प्रहरीले गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २८, २०८३  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update