जेनजी आन्दोलनमा भागेका कैदी कागेश्वरी मनोहराबाट पक्राउ
काठमाडौं - जेनजी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको छ ।
ठगी मुद्दामा कैद भुक्तान गरिरहेका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ का ४३ वर्षीय कोमलराज उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।
उपाध्याय २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारा केन्द्रीय कारागारबाट फरार भएका थिए । फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।
खोजतलासका क्रममा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनलाई २०८३ असोज ५ गते राति साढे ९ बजे कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित पोखरीबाट फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका उपाध्यायलाई आवश्यक प्रक्रिया पूरा गरी पुनः सुन्धारा केन्द्रीय कारागार पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ १६:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

