सेतो पुल छेउमा रहेको सार्वजनिक शौचालय अझै खुलेन
मंगलबार, फागुन १३, २०८१
वडाध्यक्ष कुश ढकालले आइतबारबाटै सार्वजनिक शौचालय खुल्छ भनेपनि अझै नखुलेको हो । सोमबार हर समयसँगको टेलिफोन संवादमा उनले भने, ‘म खुलाउन लागेको छु अझै एक दुई दिन समय लाग्छ ।’

आजको राशिफल: भाग्यले कसको साथ दिने, कसले सावधानी अपनाउने?
मंगलबार, फागुन १३, २०८१
सिंह : मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ। आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्। यो रोग विरुद्ध शक्तिशाली खोप हो। तपाईंको सही मनोवृत्तिले गलत मनोवृत्तिलाई हराउनेछ।

महाशिवरात्रीको भव्य तयारी: पशुपतिमा ५ लाख भक्तजनको आउने अनुमान (भिडियोसहित)
सोमबार, फागुन १२, २०८१
सुरक्षा व्यवस्था कडा बनाइँदै, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको व्यापक उपस्थिति रहनेछ। नेपाल स्काउट, लायन्स क्लब, विश्वहिन्दु युवा परिषद् लगायत स्वयंसेवी संस्थाहरूबाट सयौं स्वयंसेवक परिचालित हुनेछन्।

सुनको मूल्यले छोयो नयाँ उचाइ
सोमबार, फागुन १२, २०८१
सोमबार चाँदी प्रतितोला १,९८५ रुपैयाँ मा कारोबार भइरहेको छ। आइतबारको तुलनामा १५ रुपैयाँले वृद्धि भएको छ।

आजको तरकारी र फलफूलको मूल्य कति?
सोमबार, फागुन १२, २०८१
कालिमाटी फलफूल तथा तरकारी विकास समितिले १२ फागुनका लागि नयाँ थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

कोशी र बाग्मती प्रदेशमा वर्षाको सम्भावना
सोमबार, फागुन १२, २०८१
राती भने कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आजको राशिफल : आर्थिक लाभ, प्रेम र करियरमा को कति भाग्यमानी?
सोमबार, फागुन १२, २०८१
कर्कट : चन्चलता बढ्नेछ । अध्ययन अध्यापनमा आंशिक सुधार आउनेछ । स्वास्थ्यमा कफको समस्या बढ्नेछ । पारिवारिक सुखप्राप्ति हुनेछ । आजको मनोरञ्जनमा खेल गतिविधिहरु र घर बाहिरका कार्यहरू समावेश हुनुपर्छ। साँझमा चलचित्र-थिएटर वा आफ्नो जोडीसित खानाले तपाईंलाई तनाउमुक्त र राम्रो मुडमा राख्न सक्छ।
-1736338790.png)
पोखरामा सिन्धुपाल्चोक घर भएकी महिला इन्स्पेक्टर मृत फेला
आइतबार, फागुन ११, २०८१
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महतको शव ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस घटनाले प्रहरी संगठनभित्र नै धेरै प्रश्न उठाएको छ।

शान्ति सैनिक दक्षिण सुडान प्रस्थान
आइतबार, फागुन ११, २०८१
सेनानी मिलन आचार्यको नेतृत्वमा उक्त टोली कार्यस्थलतर्फ प्रस्थान गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

नियन्त्रणमा आयो सिभिल होम्समा लागेको आगो
आइतबार, फागुन ११, २०८१
आइतबार बिहान ललितपुर महानगरपालिका–२७ स्थित सुनाकोठीमा माथिल्लो पूजोकोठामा दियोबाट सल्किएको आगोले सुमनकुमार जोशीको घरमा आगलागी भएको ललितपुर प्रहरीका एसपी नरहरि रेग्मीले बताए।

सुनको मूल्य बढ्यो
आइतबार, फागुन ११, २०८१
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

जलविरे नजिक त्रिशुली नदीमा शव भेटियो
आइतबार, फागुन ११, २०८१
त्रिशुली नदीमा शव भेटिएको छ। जलविरे नजिकै त्रिशुली नदीमा एक युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। अहिले सुरक्षाकर्मीको टिमले शवलाई नदी बाहिर निकालेको छ।

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य (सूचीसहित)
आइतबार, फागुन ११, २०८१
समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५ रहेको छ...
साताको लोकप्रिय