भेरी नदीमा बेपत्ता बोलेरो चालकको शव फेला
सल्यान - सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ अम्रास्थित छिन्चु–जाजरकोट सडकखण्डमा बोलेरो जिप दुर्घटनामा परी बेपत्ता भएका चालकको शव भेरी नदीमा फेला परेको छ।
साउन २७ गते दिउँसो लु.१ ज ३०२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालकसहित दुई जना बेपत्ता भएका थिए। भदौ २ गते सुर्खेतको बराहताल गाउँपालिका–४ घुमाउनेस्थित भेरी नदीमा बेवारिसे शव फेला परेको थियो।
भदौ ३ गते दिउँसो ३ः४५ बजे उक्त शव सल्यानको कुमाख गाउँपालिका–५ निवासी करिब २१ वर्षीय बोलेरो चालक हिमराज बुढाथोकीको भएको उनकी दिदीले सनाखत गरेकी प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३ २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

