Harsamaya
 स्करपियो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर
सांकेतिक तस्वीर: हर समय/Har Samaya

मकवानपुर - मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक दाङ राप्ती नगरपालिका–८ का ३२ वर्षीय छुनिलाल चौधरी, दाङ तुलसीपुर उपमहानगरपालिका–९ का ५७ वर्षीय गोकर्ण डाँगी, बैतडी दशरथचन्द नगरपालिका–७ का ५१ वर्षीय तारादत्त बडु, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडु, २५ वर्षीय छोरा रितेन्द्र बडु र ३१ वर्षीया दिदी रिता बडु घाइते भएका छन्।

घाइतेमध्ये लक्ष्मी बडुको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको जनाइएको छ। उनीहरू सबैको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update