सप्तरीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
सप्तरी - सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको ४१ नम्बर ढोकामा सोमबार साँझ करिब ५ः२० बजे को.६ प ६०२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ भलवाका ३५ वर्षीय ओम साफी र पछाडि सवार २० वर्षीय मंजय साफी घाइते भएका थिए।
घाइते ओम साफीको भारदह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मंजय साफीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, भदौ १, २०८३ २०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

