चितवनको रत्ननगरमा बस दुर्घटना, १५ जना घाइते
शुक्रबार, जेठ २, २०८२
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको छ भने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विश्व युवा नेताका रूपमा उपप्रमुख डंगोल सम्मानित
शुक्रबार, जेठ २, २०८२
उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रूपमा सम्मान प्रदान गरेका हुन् ।
बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह
शुक्रबार, जेठ २, २०८२
पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, बाग्मती सहित चार प्रदेशमा वर्षा
शुक्रबार, जेठ २, २०८२
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि...
तपाईंको दिन कस्तो रहला आज? यस्तो छ आजको राशिफल
शुक्रबार, जेठ २, २०८२
तपाईँलाई रमाइलो यात्रामा जानको लागि अवसर मिल्न सक्छ। यस क्रममा मन मिल्ने साथी भेटिने सम्भावना छ र प्रेमको सम्बन्ध बलियो हुनेछ। अत्यधिक प्रभावशाली मान्छेको सहायताले तपाईँको नैतिकतामा ठुलो बढवा दिन्छ। तपाईँले परिवारका सदस्य र साथीहरूसँग पर्याप्त समय पाउनुहुनेछ। तर, केही कामका लागि अतिरिक्त चुनौतीहरू पनि आइपर्न सक्छन्।
विदेश पलायन र बसाइसराइले परिवारहरू विभाजित भए : तथ्यांक अधिकारी लामिछाने (भिडियोसहित)
बिहीबार, जेठ १, २०८२
उनले भने, ‘परिवार भन्ने विषय समाज र देशको लागि निकै महत्वपूर्ण हुन्छ र परिवारलाई अर्थतन्त्र सँगपनि जोड्न सकिन्छ । हाम्रो संस्कृतिदेखि अर्थतन्त्रसम्म जोडिएको विषय भनेको परिवार हो ।समाज कस्तो निर्माण गर्ने भनेर पनि परिवारबाट नै निर्धारण हुन्छ।’
एनआरएनएले जारी गर्यो ग्लोबल कन्क्लेभको आठ बुँदे निष्कर्ष
बिहीबार, जेठ १, २०८२
‘एनआरएनको अधिकार, राष्ट्र समृद्धिको आधार’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर गैर–आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले् (एनआरएनए आइसीसी) एनआरएनए ग्लोबल कन्क्लेभ–२०२५ मे महिनाको १४ तारिख २०२५ तदनुसार वैशाख ३१ गते काठमाडौंमा आयोजना गरेको थियो ।
कर्णाली राजमार्गबाट भ्यान नदीमा खस्यो, दुईजना घाइते
बिहीबार, जेठ १, २०८२
घाइते हुनेमा चालक २०वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका ६ महावैपाथर खोलाका ५५ वर्षीय धनराज अधिकारी रहेका छन् ।
उपसभापति दोर्जे लामाद्वारा वृद्धाश्रममा खाद्यान्न सहयोग
बिहीबार, जेठ १, २०८२
पार्टी प्यालेसमा खर्चिने फजुल खर्च कटौती गर्दै मानवीय सेवामा लाग्ने उद्देश्यले यस्तो कार्य गरेको लामाले बताए। नेपाली काँग्रेसबाट सक्रिय राजनीतिमा रहेका लामाले अघिल्ला वर्षहरूमा पनि सामाजिक सेवाका विविध क्षेत्रमा योगदान दिँदै आएका छन्।
छुट्टै ऐन बनाएर ललितपुरमा घर तथा भवनको अभिलेखीकरण, लक्ष्यमा पुग्नै हम्मे
बिहीबार, जेठ १, २०८२
महानगरपालिकामा नियमित र अभिलेखीकरण गर्नुपर्ने थुप्रै घर तथा भवन रहेको पाइएपछि महानगरले यस्तो अभियान चलाएको महानगरका शहरी विकास योजना महाशाखा तथा सम्पदा संरक्षण केन्द्रका प्रमुख तथा डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।
नेपालीले क्याम्ब्रिज एवं अक्सफोर्डमा पिएचडी गर्न पाउनु गौरव हो : बेलायती राजदूत
बिहीबार, जेठ १, २०८२
क्याम्पस वास्तुकला विभागको दोस्रो शैक्षिक उत्कृष्टता पुरस्कार वितरण कार्यक्रममा उनले सबै प्रकारका भौगोलिक चुनौतीहरू भएको नेपाल जस्तो देशमा इन्जिनियरिङभन्दा महत्त्वपूर्ण विषय अरू नभएको भन्दै यस्तो कार्यक्रमको हिस्सा बन्न पाउँदा खुसी लागेको बताए ।
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
बिहीबार, जेठ १, २०८२
‘पेसागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थितिलगायतका सवालको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय भएकाले यस्तो आग्रह गरिएको हो’, विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले महासंघको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरेको उल्लेख छ ।
आज अन्तरराष्ट्रिय परिवार दिवस
बिहीबार, जेठ १, २०८२
परिवार र परिवार लक्षित नीतिका माध्यमबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा गरिबी, भेदभाव, दुर्व्यवहार रोकथाम उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका साथै वातावरणीय विनाशलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।
साताको लोकप्रिय

