Harsamaya
प्रतिनिधिसभाको बैठक  बस्दै, यस्ताे छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची बैठकमा आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।  समिति सभापति राज किशोर यादवले वार्षिक प्रतिवेदन, २०८२ पेश गर्नुहुने छ ।
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल कोसिस गर्दा भाग्यले साथ दिनेछ र तपाईँलाई सफलता मिल्नेछ। तपाईँले आफ्नो श्रमको उचित मूल्य पाउनुका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। जसले तपाईँको ठुला आवश्यकता पूरा गर्नेछ ।  विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ।  मेहनत गर्दा अवसरको ढोका खोलिनेछ।
ट्राफिकले जनपद प्रहरी कुटेपछि...
ट्राफिकले जनपद प्रहरी कुटेपछि... शाहले उनीमाथि किन हात हाले खुल्न सकेको छैन । गाडी रोकेर चालकसँग कुरा गरिरहेको अवस्थामा शाहले गालामा पिटेका हुन् । यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो कहिलेको भन्ने खुल्न सकेको छैन । 
दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय
दुधमति नदी उत्खन्न र विकास कार्य अघि बढाउन समितिहरू गठन गर्ने निर्णय आयोजनालाई प्रभावकारी रूपमा संचालन तथा व्यवस्थापन तथा प्रचार प्रसारका लागि दुधमति नदी उत्खन्न तथा विकास कार्यविधि, २०८१ को दफा ७ (ख) बमोजिम व्यवस्थापन समिति, प्राविधिक समिति र प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ ।
मेलम्ची बाढी पीडितलाई नदी तटबन्धको लागि तत्काल १६ करोडको व्यवस्था 
मेलम्ची बाढी पीडितलाई नदी तटबन्धको लागि तत्काल १६ करोडको व्यवस्था  अवलोकनबाट फर्किए लगत्तै मन्त्री खड्काको निर्देशनमा वर्षायाम सुरु हुनु अगावै काम गर्नका लागि १६ करोड रकम बराबरको व्यवस्था गरि तत्काल ठेक्का खोल्न निर्देशन दिएका हुन् । 
सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटना
सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने गाडी दुर्घटना गाडी चालक जिल्ला बारा सिम्रौनगढ १ बैरियाका वर्ष ४० को मुस्तुफा आलमलाई सामान्य चोटपटक लागेको र अवस्था सामान्य रहेको प्रवक्ता रायले जानकारी दिएका छन्।
जनकपुरको पोखरीमा पुरुषको शव फेला
जनकपुरको पोखरीमा पुरुषको शव फेला टोलीले हिजो दुई घण्टासम्म खोजी कार्य गरेपनि बेपत्ता कर्णलाई फेला पार्न सकेको थिएन । आज बिहान मृतक कर्णको शव तैरिरहेको अवस्थामा पोखरीमा फेला परेको थियो ।
नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको छ : मन्त्री राणा (भिडियोसहित)
नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगिरहेको छ : मन्त्री राणा (भिडियोसहित) यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् । 
लिसंखुपाखरमा ‘नेपाली काँग्रेस-वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण
लिसंखुपाखरमा ‘नेपाली काँग्रेस-वैधानिक र व्यवहारिक वस्तुस्थिति’ विषयक प्रशिक्षण प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभा सदस्य जितजङ्ग बस्नेतले क्रियाशील सदस्यता सम्बन्धी विवाद देशभर रहेको बताउँदै कार्यकर्तालाई क्रियाशीलता भएर पार्टीमा लाग्न अनुरोध गरे। साथै बस्नेतले काँग्रेसमा अन्तर्घात गर्ने बानी भएकोले चुनावमा अन्तर्घात नगर्न अनुरोध गरे।
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु (भिडियोसहित)
काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु (भिडियोसहित) आज बिहान ६ : ५० बजे  काठमाडौं महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द 
कुलेखानी–कलंकी–हुमाने सडकखण्ड १९ दिन बन्द  जेठ २ गते देखि २० गतेसम्म कुलेखानी–कलंकी–हुमाने सडकखण्ड बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सुचना जारी गर्दै सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरू पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नेहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग...
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशमा साधरणतया बदली, बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । 
Weather Update