Harsamaya
ड्रिल गर्ने क्रममा करेन्ट लागेर मजदुरको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नवलपरासी - नवलपुरको कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।

नवलपुरको कावासोती ३ मा निर्माणाधीन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

निर्माणाधीन सभा हलमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ घर भई हाल कावासोती नगरपालिका २ मा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारुको मृत्यु भएको हो।

दिउँसो करिब १२:५० बजेको समयमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते सरोज थारुलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । 

उक्त भवन समानान्तर जे.बि. बुद्ध हिमाली कन्ट्रक्सन प्रा.लि.द्वारा निर्माण जिम्मा लिएको हो । सरकारी भवनको सभाहलमा फर्मा सेटिङको लागि ड्रिल गर्ने क्रममा अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update