Harsamaya
चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा हस्तान्तरण
चोरी भएका सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गर्दै ट्राफिक प्रहरी ।

काठमाडौं - विभिन्न मितिमा चोरी भएका २० वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी ट्राफिक प्रहरीले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ वटा स्कुटर गरी २० वटा सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

विभिन्न मितिमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केहीमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाको नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालीगाउँ, काँडाघारी, कालीमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट ती सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update