-1751374078.jpg)
काठमाडौं - घुस डिल प्रकरणमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता मन्त्रिपरिषद् बैठकमा सहभागी भएकोमा नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बर्खास्त हुनुपर्ने मन्त्री प्रधानमन्त्रीसँग मीठा कुरा गरेर मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन् भन्दै असन्तुष्टि पोखेका हुन् ।
उनले लेखेका छन् ‘यस्तै रहेछ यहाँको चलनः मन्त्रीक्वाटरमा बिहानै आएर विचौलियाले घुसको व्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रिपरिषद् बैठकमा भाग लिन्छन्। सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली काँग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौँ ’।
केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता ७८ लाख रुपैयाँ घुस प्रकरणमा जोडिएको अडियो बाहिरिएको थियो । उक्त प्रकरणमा सदनमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग गरेका छन् ।