Harsamaya
केदारमान थाइल्यान्ड जादैँ

काठमाडौं - विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२ औँ संस्करणमा सहभागी हुन केदारमान स्थापित आज थाइल्यान्डको पटाया जादैँ छन् । असार ३२ देखि साउन ३ गतेसम्म हुने प्रतियोगितामा केदारले ५० वर्षमाथि पुरुष ७६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीलगायतले सोमबार एक कार्यक्रमबिच बिदाइ गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update