चट्याङ लागेर सप्तरीमा एक भारतीय बालिकाको मृत्यु
शनिबार, जेठ ३, २०८२
शनिबार बिहान साढे ५ बजे चट्याङ लागेर गम्भीर घाइते भएकी उनको छिन्नमस्ता अस्पतालमा पुर्याउँदा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
काभ्रेमा करेन्ट लागेर एक मजदुरको मृत्यु
शनिबार, जेठ ३, २०८२
तार जोड्न पोलमा चढेका परियारको विद्युत प्राधिकरणले सूचनाविनै लाइन छाड्दा करेन्ट लागेर मृत्यु भएको आरोप छ।
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु, पहिचान खुल्न बाँकी
शनिबार, जेठ ३, २०८२
मृतकको पहिचान र दुर्घटना भएको गाडीको पहिचान हालसम्म खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताए ।
सगरमाथा संवादको आज दोस्रो दिन, २३ टोलीले छलफलमा भाग लिदैं
शनिबार, जेठ ३, २०८२
परराष्ट्र मन्त्री आरजु राणा देउवाका अनुसार जेठ ४ गतेसम्म गरी तीन दिनसम्म चल्ने यो ‘सगरमाथा संवाद’ कार्यक्रमको जलवायु परिवर्तन सम्बन्धी मुख्य विषय छलफल हुनेछ ।
कोशी र बागमतीमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने
शनिबार, जेठ ३, २०८२
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका कोशी प्रदेश र बागमती प्रदेश लगायत पहाडी भूभागमा आंशिक देखी साधारण बदली र बाँकी भूभागमा मौसम सफा रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको एक दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
“राशिको चाल, आजको हाल” – जान्नुहोस् तपाईंको भाग्य र चेतावनी!
शनिबार, जेठ ३, २०८२
आज २०८२ जेठ ३ गते शनिबार। आजको दिन कुनैका लागि प्रसन्नता र पुरस्कार बोकेको छ भने, कसैका लागि होशियार बनाउने सङ्केत पनि। मन, मस्तिष्क र माया - यी सबैले तपाईंसँग संवाद गर्न खोजिरहेका छन्।
सगरमाथा संवादको पहिलो दिन सकारात्मक रह्यो : मन्त्री राणा
शुक्रबार, जेठ २, २०८२
शुक्रबार ‘सगरमाथा संवाद’ पश्चात् आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आज भएको सगरमाथा संवादको पहिलो दिनमा आफ्नो भनाइमा व्यक्त गर्ने सबै वक्ताहरूलाई धन्यवाद दिँदैं संवाद सकारात्मक भएको बताइन् ।
हावाहुरीका कारण रुख ढलेर लाग्दा तीन जनाको मृत्यु
शुक्रबार, जेठ २, २०८२
नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ चारपाला बस्ने अन्दाजी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरण गरिने
शुक्रबार, जेठ २, २०८२
काठमाडौं उपत्यकामा पानीको आपूर्तिमा थप सुधार गर्नु र नागरिकलाई सफा र प्रशोधन गरिएको पानी उपलब्ध गराउने उदेश्यले बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरिएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) का प्रमुख टिकाबहादुर चौधरीले जानकारी दिए ।
आयोगहरूमा गरिएको नियुक्तिप्रति द्वन्द्व पीडितको आपत्ति: भन्छन्- देउवा र प्रचण्डलाई लाज छ कि छैन ?
शुक्रबार, जेठ २, २०८२
सोही क्रममा द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले पीडितका सवाललाई हलुका तरिकाले नलीन राज्यलाई खबरदारी गरेका छन् । उनले सरकारले पीडितहरूलाई मान्छे नगन्ने, हेप्ने गरेको भन्दै सरकारले कहिलेसम्म पीडितको दुख, आँसु र रगतले होली खेल्ने हो भन्दै प्रश्न गरेका छन् ।
‘जलवायु परिवर्तन असरको तत्काल उपाय नखोजे मानव सभ्यता नै खतरामा’
शुक्रबार, जेठ २, २०८२
शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै उनले नेपालको नदी, वन र हिमालले पृथ्वी एवम् वातावरणको लागि धेरै ठूलो योगदान गरेपनि जलवायु परिवर्तनको नकारात्मक प्रभाव भोग्नु परेको भन्दै यसको समाधान छिटै नगरे भविष्यमा मानव सभ्यता नै खतरामा पर्न सक्ने बताइन् ।
गम्छा र टोपी लगाइदिएर राष्ट्रपतिले गरे हजयात्रीको बिदाइ
शुक्रबार, जेठ २, २०८२
‘विविध जातजाति, समुदाय, भाषाभाषी, संस्कृति रहेको हाम्रो देशमा यसको संरक्षण र संवद्र्धनका लागि सबै एकसाथ मिलेर लाग्न र यसकै माध्यमबाट आपसमा भाइचारा, मित्रता र सद्भाव बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउन आवश्यक छ, हजयात्राले यसमा ठूलो योगदान दिने विश्वासका साथ तपाईंहरूको यात्रा सफलताको पुनः शुभकामना व्यक्त गर्दछु’, उनले भने ।
आजदेखि सगरमाथा संवाद सुरु हुँदै
शुक्रबार, जेठ २, २०८२
यही जेठ ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौँमा आयोजना गरेको सगरमाथा संवाद कार्यक्रमममा सहभागी हुन हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आएका छन् ।
साताको लोकप्रिय

