तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं - संघीय संसद अन्तर्गत आज तीन वटा संसदीय समितिका बैठक बस्दै छ। आज कानुन, न्याय तथा मानवअधिकार समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक–२०८१ को सम्बन्धमा दफावार छलफल हुने कार्यसूची छ ।
यस्तै बिहान सवा ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरू सम्बन्धी अध्ययन प्रतिवेदन– २०८२ माथि छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै,विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक– २०८१ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय