Harsamaya
प्रधानमन्त्री ओलीको शुभकामना, साउने धरती झैँ सबैका मनमा हरियाली छाओस्

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले साउने सङ्क्रान्ति पर्वको अवसरमा शुभकामना दिएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले साउने धरती झैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् भन्दै शुभकामना दिए ।

उनले भने,आज साउने सङ्क्रान्ति । साउने सङ्क्रान्तिपछि हाम्रा चाडपर्वहरू आउन थाल्छन्, साउनमा शिवको व्रत पूजा गरिन्छ। साउने धरती झैँ सबैका मनमा हरियाली छाओस्, मनमा मेघजस्तो शीतलता भरियोस् । साउने सङ्क्रान्तिको शुभकामना ’

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update