Harsamaya
नेपालको श्रीलंकाविरुद्ध सानदार जित
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपालको श्रीलंकाविरुद्ध सानदार जित ।

काठमाडौं - नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो ।

नेपालको जितमा मीना देउवाको ह्याट्रिकसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे ।

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

पुतली बजार–१३ स्याङ्जामा जन्मिएकी युवा लघुकथाकार लक्ष्मी खनाल हाल वालिङमा रहेर सिर्जना कर्ममा क्रियाशील छिन् । स्नातकसम्मको औपचारिक अध्ययन पूरा गरेकी लक्ष्मीको `अन्त्य´ लघुकथा कृति पहिलो साहित्यिक कृति हो । उनी विभिन्न समयमा भएका लघुकथा विधा केन्द्रित प्रतियोगिताहरूमा पुरस्कृत भइसकेकी छिन् ।

अनौपचारिक रूपमा आयोजना गरिएको कार्यक्रमलाई वैकल्पिक बाटो पृथक् पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाका संस्थापक संयोजक युवा कवि मिलन समीरद्वारा संयोजन गरिएको थियो ।

कार्यक्रममा स्याङ्जाली स्रष्टाहरू सरस्वती अर्याल, गुरु ढकाल, भविष्य पण्डित, खगेन्द्र जङ्ग थापा, शोभाकान्त रेग्मी, विष्णु पण्डेनी पाण्डे, डि.बी. राना, स्मारिका अर्याल, पारिक्षर न्यौपाने, राजु गैरे, वसन्त खनाल, सूर्यांश अर्याल र धनबहादुर शर्मा एवम् विशेष अतिथिहरुका सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update