नेपाल–भारत सीमा नाका बन्द हुने

बैतडी - बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।
भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै साउन ८ र १२ गते नाका बन्द हुने भएको हो । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
उनका अनुसार दार्चुलाको पुलघाट नाका साउन ५ गते बेलुकादेखि जुलाई साउन ८ गते बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए ।
उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय