Harsamaya
चारवटा संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसद  अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ। आज  कानुन, न्याय तथा मानव अधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति,  संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्दै छ ।

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ ।  बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधनकर्ता सांसदहरूसँग छलफल गर्ने कार्यसूची छ । 

यस्तै दिउँसो १ बजे बस्ने   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीति अध्ययन उपसमितिले राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन समिति समक्ष पेस गर्नेछ ।  बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूचीमा उल्लेख छ । 

यसैगरि दिउँसो १ बजे नै बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्था र समितिको कामकारबाहीको समीक्षा  गर्ने कार्यसूची छ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठकमा  समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदामाथि सुझाव सङ्कलन तथा छलफल, समितिको कर्णाली प्रदेशको स्थलगत अनुगमन भ्रमण प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update