होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा
बिहीबार, फागुन २९, २०८१
उनका अनुसार चेकजाँचका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न ठाउँबाट दुई पाङ्ग्रे २३० र चार पाङ्ग्रे २३ गरी दुई सय ५३ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । जसमा मादक पदार्थ सेवन गरेका ४९ र लागूपदार्थ सेवन गरेका आठ वटा छन् ।
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
बिहीबार, फागुन २९, २०८१
प्रत्येक वर्षको जस्तै होलिका दहन स्थानीय भाषामा (समत जलाएको) भोलिपल्ट अर्थात् तराई मधेशमा हिन्दू समुदायले होली पर्व भोलि मनाउने गर्छन् । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना...
पीएम कप: मधेश प्रदेशमाथि एपीएफकोको जित
बिहीबार, फागुन २९, २०८१
एपीएफको जितमा सुमित महर्जनले सर्बाधिक ३५ रन बनाएका थिए भने आसिफ सेखले ३४, कमल सिंह ऐरीले अविजित २८, लोकेश बमले १८ र अमर राउटेलाले १६ रन बनाएका थिए । त्यस्तै मधेशका बलर कमला गुप्ताले ४ विकेट लिएका थिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।
होलीमा नियम मिच्नेलाई दिनभर सडकमै रोकिने
बिहीबार, फागुन २९, २०८१
प्रहरीले आफ्ना नजिकका र चिनेजानेकासँग मात्रै होली खेल्न अनुरोध गरेको छ । त्यसरी खेल्दा आपसी भाइचारा वृद्धि हुने गरी र सौहार्दपूर्ण तथा संस्कृतिअनुसार होली मनाउन अनुरोध गरेको छ ।
भाषा संरक्षणमा नयाँ पहल, नेपालका १२५ भाषाका लागि ‘दुबो फन्ट’
बिहीबार, फागुन २९, २०८१
नेपालको भाषिक विविधतामा लेखनको एकरूपता ल्याउने ऐतिहासिक प्रयास स्वरूप ‘दुबो’ नामक नयाँ फन्ट विकसित गरिएको छ।
कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य स्थिर
बिहीबार, फागुन २९, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
होलीले सामाजिक एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल
बिहीबार, फागुन २९, २०८१
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण रहेको उल्लेख गर्दै यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सुन्दरता रहेको बताए । उनले नेपालीहरूको विशेष पर्व होलीको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति...
आज फागु पूर्णिमा मनाइँदै
बिहीबार, फागुन २९, २०८१
फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ...
हिमपात र उल्का वर्षाको सम्भावना
बिहीबार, फागुन २९, २०८१
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुधबार, फागुन २८, २०८१
प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ घर भई हाल मध्यपुरथिमि–३ सागबारी बस्ने ४७ वर्षीय चन्द्रलाल शाक्यलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
देशका विभिन्न क्षेत्रमा पानी पर्यो
बुधबार, फागुन २८, २०८१
आज राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
डेढ महिनादेखि बेलायतमा बेपत्ता कमल भेटिए
बुधबार, फागुन २८, २०८१
लन्डनस्थित ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालिदिएपछि सडकमा पुग्नुपरेको थियो । त्यसपछि उनी लन्डनबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजी गरिदिन आग्रह गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो ।
मन्त्रिपरिषद्ले के के गर्यो निर्णय ?
बुधबार, फागुन २८, २०८१
बैठकले नागरिक उड्डयन क्षेत्रको सुधारसम्बन्धी उच्चस्तरीय अध्ययन तथा सुझाव समितिको म्याद ४५ दिन थप गरेको छ भने गैरआवासीय नेपालीसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।
साताको लोकप्रिय

