-1751963513.jpg)
काठमाडौं - चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ ।
बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटीय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदी किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुब प्रसाद अधिकारीले बाढीका कारण रसुवागढी–स्याफ्रुबेंसी सम्मको बाटो विभिन्न स्थानमा क्षति भएको जानकारी दिए ।
उनका अनुसार रसुवाको गासाइँकुण्ड गाउँपालिकाको स्याँफ्रुबेंसी वडा नं ५ र उत्तरगया गाउँपालिकाका केही क्षेत्रहरु उच्च जोखिममा रहेकोले ती क्षेत्रहरुलाई हाइ अर्लटमा राखिएको छ । त्यसबाहेक तल्लो तटीय क्षेत्रमा पर्ने सबै स्थानहरुमा पनि सर्तकता अपनाउन भनिएको छ । बाढीले हाल सम्म मानविय क्षति गरेको कुनै खबर नभएको उनले बताए ।
रसुवागढी–स्याँफ्रुबेंसी सम्मको सड्क यस अघि असार २४ गतेको बाढीले बगाएर क्षति भएपनि विभिन्न स्थानमा मर्मत सम्भार भएको र अहिले फेरी बाटो भत्किएको छ । यस अघिको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल बगाएको थियो । साहि स्थानमा अस्थायी रुपमा निर्माण गर्न लागिएको बेली ब्रिज निर्माणको काम समेत आजको बाढीले अवरुद्ध गरेको छ ।