Harsamaya
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडी ठोक्किए
दुर्घटनाग्रस्त गाडीहरू ।

काठमाडौं - सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ।

 मंगलबार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो । 

प्रहरीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी लम्कीमा एकापसमा ठोक्किएका हुन् ।

दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ । 

से.१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र  बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ । 

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update