आज अन्तराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस विश्वभर मनाइदैं

काठमाडौं - आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदैछ । ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’भन्ने नाराका साथ यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदैं छ ।
सन् २०१३ मा, संयुक्त राष्ट्र संघको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्यांकन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा मनाउने निर्णय भएको थियो ।
मानव बेचबिखन एक जघन्य अपराध हो जसबाट संसारका हरेक देश प्रभावित बनेका छन् । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ ०८:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय