हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा पानी पोखरीको उद्घाटन
मंगलबार, जेठ २७, २०८२
जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र हृदयेन्द्र शाहले निजी गुठीद्वारा निर्मित सिँचाइ पोखरीको उद्घाटन गरेका छन् । रोजि राणा प्रभु शमशेर राणा निजी गुठीद्वारा जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको उक्त सिँचाइ पोखरीबाट सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा वर्षाको सम्भावन
मंगलबार, जेठ २७, २०८२
कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
मंगलबार, जेठ २७, २०८२
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुचि बढ्नेछ ।
काठमाडौं–तराई-मधेस द्रूतमार्गको केन्द्रबिन्दु डुकुछापमा कायम गर्न सुझाव
सोमबार, जेठ २६, २०८२
सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
सोमबार, जेठ २६, २०८२
हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो आए पछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शल्यक्रियापछि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट...
दुई वटा संसदीय समितिको बैठक बस्दै
सोमबार, जेठ २६, २०८२
बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
सोमबार, जेठ २६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आजको राशिफल : भाग्य, प्रेम र अवसरको समिश्रण !
सोमबार, जेठ २६, २०८२
आज २०८१ जेठ २६ गते सोमबार। आजको दिन आकाशले आश्चर्यको झोला खोल्दैछ। ग्रहहरूको संयोगले तपाईंको जीवनमा नयाँ उत्साह, उर्जा र अवसरको संकेत गरिरहेको छ। प्रेम, पैसा, पेशा र परिवारका हिसाबले आजको दिन तपाईंको राशिमा के-कस्ता प्रभाव परिरहेका छन्?
वीरगञ्जमा कार डिभाइडरमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
आइतबार, जेठ २५, २०८२
दुर्घटनामा घाइते भएकाको बारास्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलबाट दुर्घटनाग्रस्त कार नियन्त्रणमा लिएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
रमा सिंहको आक्रोश: यी कारणले भयो राजवादी आन्दोलन असफल
आइतबार, जेठ २५, २०८२
समितिको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको (संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिँदा भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर विश्राम लिएको छ।
सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो
आइतबार, जेठ २५, २०८२
उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।
नेपालगन्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
आइतबार, जेठ २५, २०८२
नेपालगन्ज दिल्ली उडानको लागि भौतिक रूपमा केही कुराहरू अपुग रहेको भन्दै संघ मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्डयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगन्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरू लगायतसँग छलफल गरिएको थियो ।
हुलाक सेवा विभागलाई प्रगतिमैत्री संस्थामा रूपान्तरण गर्न आवश्यक : मन्त्री गुरुङ
आइतबार, जेठ २५, २०८२
उनका अनुसार यस्तो सम्भावनालाई मूर्तरूप दिन कानुनी तथा नीतिगत सुधार अपरिहार्य छ । ‘सरकारले आवश्यक परे ऐन, नियम र निर्णयमा समेत सुधार गरेर हुलाक सेवालाई प्रभावकारी बनाउन सक्छ,’ मन्त्री गुरुङले भने ।
साताको लोकप्रिय

