Harsamaya
तराईमा मनसुन सक्रिय, आज यी प्रदेशमा वर्षा
सांकेतिक तसवीर: हर समय/Har samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर अधिकांश बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर अधिकांश बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानहरू साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती भने देशभर अधिकांश बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update