Harsamaya
जुम्लामा जिप दुर्घटना हुँदा एक जना गम्भीर, अन्य सामान्य घाइते

मुगु - जुम्लामा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।  सोमबार बिहान  कालिकोटको हिलसाईड होटल नजिक जिप सडक तल खसेपछि एक जना गम्भीर घाइते हुनुका साथै अन्य सामान्य घाइते भएका हुन् ।

भिजिट कर्णाली यातायात प्रा.ली.को कर्णाली प्रदेश ०२००१ ज ०६३७ नम्बरको सानो जिप दुर्घटना हुँदा कास्की पोखरा २९ निवासी २८ वर्षीय रुवी थापाको करङमा चोट लागि गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ ।

उक्त गाडिमा सवार राष्ट्रिय मानव अधिकार आयोग जुम्ला कार्यालयका प्रमुख कल्पना नेपाल आचार्यले कालिकोटमा गाडी दुर्घटनामा परेको जानकारी दिएकी हुन् ।

जिल्ला प्रहरी कालिकोटका प्रहरी निरीक्षक वीर बहादुर सुनारका अनुसार पाल्पा मातागढि गा.पा. वडा नम्बर १ निवासी राष्ट्रिय मानव अधिकार आयोग कार्यालय जुम्लाका प्रमुख कल्पना नेपाल आचार्य, गुल्मि सत्यवति गा.पा. ३ निवासी कालिकोट तिला गुफामा कार्यरत डाक्टर सुनिल ज्ञवाली, दार्चुला नौगुफा निवासी तिलागुफाका नर्स अञ्जना धामी, मुगु कार्मारोङ २ निवासी २६ वर्षीय हार्लेन तामाङ, बाँके जिल्ला कोहलपुर ८ निवासी ३५ वर्षीय देवेन्द्र अधिकारी, कर्णाली प्राविधिक शिक्षालयमा कार्यरत दोलखा निवासी हिकमत जिरेल सामान्य घाइते भएका हुन् ।

यसै गरी चालक वीरेन्द्र नगर नगरपालिका वडा नम्बर ९ निवासी वर्ष २५ का रत्न प्रसाद अधिकारी सामान्य घाइते भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update