Harsamaya
बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर
मकवानपुरको बकैयामा इभि भ्यान दुर्घटना ।

मकवानपुर - मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना भएको छ ।  दुर्घटनामा  तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update