मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
बिहीबार, फागुन २८, २०८२
पदमपोखरी प्रहरी चौकीबाट गएको टोलीमाथि सोधपुछको क्रममा प्रहरी सहायक निरीक्षक (असइ) दिल बहादुर तामाङलाई बियरको बोतल, खुकुरी र बन्चरो प्रहार भएपछि आत्मरक्षाको लागि पेस्तोल चलाउनु परेको हो ।
निर्वाचन अवधिभर मदिरा बिक्रीमा रोक, मकवानपुर प्रशासनद्वारा अनुगमन कडाइ
सोमबार, फागुन १८, २०८२
निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति अनुगमनमा सक्रिय भएको छ । अनुगमनका क्रममा कुनै पनि पसल वा होटलले मदिरा बिक्री गर्न नपाउने तथा होटेल–पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ ।
मकवानपुरमा निर्वाचनको तयारी तीव्र, ९ पालिकाका मतदानस्थलको स्थलगत अनुगमन
शुक्रबार, फागुन १, २०८२
अनुगमनका क्रममा मतदान स्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, पहुँच मार्ग, मतदान कक्षको व्यवस्थापन, सञ्चार सम्पर्क तथा सम्भावित चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो ।
मकवानपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, मंसिर १२, २०८२
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते डोमको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।
बागमती गाउँपालिका स्वास्थ्य सेवामा पुनः जिल्लामै प्रथम
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, गाउँपालिकाको स्वास्थ्य सेवा प्रणाली, प्राथमिक उपचार, मातृ तथा शिशु स्वास्थ्य, नियमित खोप सेवा, पोषण कार्यक्रम, र जनचेतनामूलक अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गरिएकाले बागमती गाउँपालिकाले पुनः जिल्लामै अग्रता कायम राख्न सफल भएको हो।
विजयादशमीमा चुरे माई मन्दिरमा भक्तजनको चहलपहल कम
मंगलबार, असोज ७, २०८२
प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यस पटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा
बिहीबार, असोज २, २०८२
भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन् ।
बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर
सोमबार, साउन १९, २०८२
बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरूको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
मकवानपुरमा बसको ठक्करले ३ जनाको मृत्यु, ३ जना घाइते
मंगलबार, जेठ १३, २०८२
बसको ठक्करबाट स्थानीय झम्केश्वरी माविका शिक्षक लोकेन्द्रकुमार ठाकुर, लेखापढी गर्ने कृष्ण बलामी र झम्केश्वरी माविकै शिक्षक रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते मध्य ठाकुर र बलामिको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा मृत्यु भएको छ भने यादवको ट्रमा सेन्टर काठमाडौंमा...
साताको लोकप्रिय

