विजयादशमीमा चुरे माई मन्दिरमा भक्तजनको चहलपहल कम
                            
                            
                                                        
                                                    
                                                                        
मकवानपुर - विजयादशमीको अवसरमा मकवानपुर र बाराको सिमानामा अवस्थित चुरे माई मन्दिरमा यस वर्ष भक्तजनको भीड कम देखिएको छ ।
प्रत्येक वर्ष विजयादशमीका दिन विशेष पूजा तथा बलि चढाउने परम्परा हुने मन्दिरमा यस पटक भक्तजनको उपस्थितिमा कमी आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
समितिका अनुसार विगतका वर्षहरूमा हजारौँ भक्तजनको उपस्थितिमा पूजाआजाका कार्यक्रम हुने चुरे माई मन्दिरमा यस वर्ष अपेक्षाकृत कम मात्र श्रद्धालु पुगेका छन् । समितिले यस पटकको कम उपस्थिति विभिन्न कारणहरूले प्रभावित भएको हुनसक्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  ०८:५८
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    
