आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै

काठमाडौं - आज संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै छ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि समितिमा दफावार छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको छ भने बैठक १० बजे बस्ने गरि तय भएको छ ।
साथै, दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भने जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय