घरघरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ :मन्त्री यादव
बुधबार, जेठ २८, २०८२
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पारे ।
मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत
बुधबार, जेठ २८, २०८२
भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रूपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठुलो दुर्घटनामा लैजान सक्ने उनको भनाइ छ ।
आज यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङ सहित वर्षा
बुधबार, जेठ २८, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...
तपाईंको आजको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
बुधबार, जेठ २८, २०८२
सुख दुखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्त्वपूर्ण कामहरू सफल हुनेछन् । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ। विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुरुमा केही खर्च लागे पनि तपाईँले सोचेका कार्यहरू सफल हुनेछन्। तपाईँसँग आज आफ्नो लागि पर्याप्त समय...
निर्मला पन्त प्रकरण फेरि एक पटक अनुसन्धानको दायरामा आउँछ - खेम भण्डारी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
महेन्द्रनगर जस्तो ठाँउमा बसेर ठूलो कुरा गरेकोजस्तो लाग्ला तर म नेपालको पहिलो व्यवसायिक पुस्ताको पत्रकार हुँ । गाँउगाँउमा पत्रकार जन्माएर बसेको मान्छे हुँ । त्यसैले मेरो हातबाट व्यवसाय भन्दा बढी काम नै हुँदैन । अहिलेको अदालतबाट जुन फैसला आएको छ त्यो व्यवसायिक रुपमा कानुनी रुपमा पनि कतै छोएको छौन ।...
टोखामा गोली चलेपछि प्रत्यक्षदर्शीहरूले भने - शुटिङ चलेको जस्तो लाग्यो ?
मंगलबार, जेठ २७, २०८२
यसैगरी नजिकै कपडा सिलाइरहेकी अर्की प्रतक्षदर्शी सुटिङ भनेर अगाडि नै हेर्न गएको र दुई जना खुट्टामा गोली लागेर ढलेको देखेर डराएको सुनाइन् । ‘प्रहरी सिविल ड्रेस भएकाले सुटिङ चलिरहेको जस्तो लाग्यो । सुटिङ भनेर म अगाडि गए प्रहरीले मलाई ए भाग भाग यताबाट भाग रे दुई जना खुट्टामा गोली लागेर...
‘निर्मलाजस्ता छोरीहरूको सुरक्षाका लागि चेतनात्मक फिल्म आवश्यक छ’ [भिडियो]
मंगलबार, जेठ २७, २०८२
‘दाह्री बा’ का नामले चिनिने चर्चित कलाकार सुरविर पण्डित भन्छन्,‘वास्तविक घटनामा आधारित फिल्महरूले समाजलाई ऐना देखाउने काम गर्छ । तर, यस्ता संवेदनशील घटनामा बोल्दा कलाकारहरू विवादमा समेत तानिने गर्छन् ।’
बाटोमै रोकिराखेको ट्रलीमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु,एक घाइते
मंगलबार, जेठ २७, २०८२
ईट्टा लोड रहेको ना ६ त ८१०६ नम्बरको ट्यक्टर दुद्यीयाभार चौक छेउ मूलबाटो कालोपत्रेमै बिग्रिएर रोकी राखिएको थियो । गरुडाबाट घरतर्फ गइरहेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराती १० बजे एक्कासि ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
गृहमन्त्रीज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ? [भिडियो]
मंगलबार, जेठ २७, २०८२
एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन । राज्य कतिसम्म निरीह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ?
६ महिना काम गर्न दिएको भए निर्मला जस्ता काण्डहरुको वास्तविकता बाहिर आउँथ्यो : सहमहामन्त्री बुर्लाकोटी [भिडियो]
मंगलबार, जेठ २७, २०८२
रवि लामिछाने जुन बेला गृहमन्त्री हुनुहुन्थ्यो त्यस बेला उहाँले हत्याकाण्डदेखि लिएर अरू थुप्रै कुराहरू मुख्य प्राथमिकतामा राखेर काम गर्ने गरी तयारी गर्नु भएको थियो । उहाँले ठुला ठुला भ्रष्टाचारका काण्डहरू खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो । तर त्यो कसैलाई मन परेन...
प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ : कानुन व्यवसायी अर्याल [भिडियो]
मंगलबार, जेठ २७, २०८२
निर्मलाको घट्नामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुङ्गो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको बहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा...
पुष्पाञ्जली आमा समूहले ‘सुरक्षा’ को नाममा चलायो अवैध धन्दा, स्थानीय आक्रोशित
मंगलबार, जेठ २७, २०८२
स्थानीय स्रोतका अनुसार समूहका केही सदस्यले समूहकै आडमा मदिरा बिक्रीदेखि जुवा तास लगायतका गतिविधि सञ्चालन गरिरहेका छन् । ‘समाजमा अनुशासन र सुरक्षा कायम गर्छौँ भनेर थालेको समूहले अहिले आफैँ समाज बिगार्ने काम गरिरहेको छ ।’ एक स्थानीय बासिन्दाले नाम नबताउने सर्तमा बताए ।
निर्मला पन्त प्रकरणको २५ सय दिन : राज्य निरीह हुँदा घटना रहस्यमै
मंगलबार, जेठ २७, २०८२
निर्मलाको हत्या भएदेखि हालसम्मको अवधिमा रामबहादुर थापा ‘बादल’, बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ र हाल रमेश लेखक गृहमन्त्रीको कुर्सीमा छन् । यसमध्ये लामिछाने र लेखकले निर्मलाको केसलाई टुङ्गोमा पुर्याउने आस गरिएको थियो । उनीहरूले पनि कुनै परिणाम दिन सकेनन् ।
साताको लोकप्रिय

