भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री
                            
                            
                                                        
                                                     
                                                            तुर्कमेनिस्तान - प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् ।
तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् ।
उनले भने, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ- सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो ।’, उनले थप भने, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इन्जिन बनाऔँ भन्ने आव्हान हो ।’
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ०८:२६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    -1761640064.jpg)