Harsamaya

काठमाडौं - उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।  गत चैत १५ मा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैङ्किङ कसुर गरि दुवैमा उनलाई धरौटीमा छाड्ने आदेश भएको हो । उच्च अदालतले उनलाइ दुवै मुद्दामा गरी २८ लाख धरौटी माग गरेको छ ।  सोमबार उच्च अदालत पाटनले प्रसाईंलाई तीनकुने घटनामा ३ लाख र बैङ्किङ कसुर मुद्दामा २५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो । न्यायाशीशद्वय टङ्कप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईँलाई तीनकुने घटनामा ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । यस्तै  बैङ्किङ कसुर मुद्दामा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईंसँग २५ लाख धरौटी माग गरेका हुन् ।

उनी गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उच्चले  ‘उनी तत्काल निर्दोष रहेछन् भन्ने भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै अदालतले धरौटीमा छाड्ने आदेश दिएको जनाएको छ ।

राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा उनी विरूद्ध मुद्दा दर्ताभएको थियो । काठमाडौं अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध उनले उच्चमा पुनरावेदन गरेका थिए ।  

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update