Harsamaya
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नीतिले समेट्नु पर्नेमा जोड नेपाल बैंकर्स एसोसियशनले वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख राजन प्रसाद रेग्मीले राज्यको उद्देश्य उत्पादन बढाउने भएकाले कर्जालाई कृषि, ऊर्जा र साना तथा मझौला उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर प्रवाह गर्नु पर्नेमा जोड दिए ।
उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी
उद्यमशीलतामा बढी महिलालाई प्राथमिकता दिनुपर्छ : मन्त्री भण्डारी उनले ठुला ठुला धुवाँ फाल्ने उद्योगलाई भन्दा साना उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । मन्त्री भण्डारीले महिलाहरू उद्यमशीलतामा बढी आकर्षण गर्नुपर्ने र आफ्नो क्षमताबाट आत्मनिर्भर हुनुपर्ने समेत बताए । उनले यो आर्थिक वर्ष भित्रै नेपालमा उत्पादन भएका स्रोत साधन देशभर फैलाउने कानुन ल्याउने दाबी गरे ।
इजरायलमा रहेका नेपाली सुरक्षित छन् : राजदूत श्मुलिक एरी बास
इजरायलमा रहेका नेपाली सुरक्षित छन् : राजदूत श्मुलिक एरी बास मन्त्री राणाले त्यहाँ रहेका नेपालीहरूको अवस्थाका बारेमा जानकारी लिँदै उनीहरूलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गरेकी छन् । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपालीहरू सुरक्षित रहेका जानकारी गराएका थिए ।  
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग
भिजिट भिसा प्रकरणमा तत्काल छानबिन समिति गठन गर्न माओवादीको माग सरकारले ३० दिन भित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ । हामीले त्यो कुरामा विश्वास पनि गरेको छौँ । म सरकारसँग आग्रह गर्छु अब ३० दिन लगाउन जरुरी छैन, केही दिन तत्काल गठन गरेर सबै भावना केन्द्रीकृत गर्न सरकारलाई आग्रह गर्छु । 
बजेट काँग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी
बजेट काँग्रेस, एमालेतिर मात्र ढल्किएर आयो भन्ने विचार नितान्त पूर्वाग्रहपूर्ण छ : सांसद गिरी सांसद गिरीले आफू सरकारमा हुँदा सबै ठिक अरु सरकारमा हुँदा सबै बेठिक भन्ने गलत भाष्य निर्माण भएको भन्दै , ‘नयाँ ढङ्गले अगाडि बढ्ने सङ्कल्प हामीले गर्नै पर्छ । आज म ठिक तँ बेठिक । म भएको भए देश बन्थ्यो ,तँ हुँदा बनेन जस्तो प्रकारले भाष्य निर्माण गरिँदै छ । यो...
अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह
अहिलेको बजेटमा युवा जनशक्तिलाई देशमा रोक्ने योजना छैनन् : दिपक बहादुर सिंह संसदीय प्रशिक्षण शाखाको आयोजना तथा पूर्वाधार विकास समिति, प्रतिनिधि सभा र नेपाल पूर्वाधार पत्रकार समाजको सहकार्यमा सोमबार भएको नेपालमा पूर्वाधार विकास र संसदीय निगरानी कार्यक्रममा बोल्दै उनले सांसदहरू आफ्नो क्षेत्रमा कसरी योजना धेरै पार्ने भन्नेमा मात्र केन्द्रित रहेको भन्दै फलदायी बजेट नआएको बताए ।
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
एघारौँ विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकार स्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो । प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपो भूमि भएकाले योगलाई जीवनशैलीका रूपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन
बैठक बहिस्कार गरेको दिनको भत्ता राजस्वमा फिर्ता होस् : अध्यक्ष लिङ्देन त्यस्तै उनले एक सिट मात्रै भएको राजनीतिक दलले पनि प्रतिनिधिमा सहभागिता जनाउन पाउने गरी निर्वाचन प्रणालीको व्यवस्था भएको भएतापनि एक सय सिट भएको पार्टी र एक सिट मात्रै भएको पार्टीको उत्तिकै मर्यादा र उत्तिकै हैसियत संसद नभएको बताए ।
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप
भिजिट भिसाको आवरणमा मानव बेचबिखन भइरहेको सांसद परियारको आरोप परियारले राज्य जनताको हितका लागि हुनुपर्नेमा, आजको राज्य व्यवस्था शासकहरूको स्वार्थमा सीमित भएको टिप्पणी गरे । ‘आम नागरिकको सुरक्षाका लागि, जनताको हितका लागि राज्य अवधारणा आएको हो, ताकी शासकहरूको लागि होइन,’ उनले थपे ।संसदमा  सङ्ख्या र सत्ताको दम्भ देखाउँदै जनताका मुद्दा बेवास्ता गरिएकोप्रति पनि उनले आक्रोश व्यक्त गरे।
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी
रास्वपा र राप्रपाले अवरुद्ध गरे संसद बैठक, नाराबाजीबिच बैठक जारी बैठकअघि सभामुखले राखेको छलफलमा कुनै सहमति हुन सकेन । आज पनि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपा वेल घेराउमा आएको छ । आज रास्वपा बाट सन्तोष परियार र राप्रपाबाट राजेन्द्र लिङ्देनले बोलेका थिए ।
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा
शहिद, बेपत्ता परिवार र घाइते योद्धाहरू पार्टीका लागि शक्तिका स्रोत हुन् : प्रवक्ता सापकोटा ‘बेपत्ता परिवारमा महिलाहरूले व्यक्त गरेको कुरा सुन्दा मर्माहत भयाैँ ।  आफ्नो श्रीमान् साँझतिर आउनुहुन्छ की बिहान आउनुहुन्छ की भन्ने लागिरहेको अनुभव सुनाउनुहुन्छ । सोही क्रममा अध्यक्षले बेपत्ता भएका व्यक्तिलाई पनि शहिद नै हो भन्ने अभिव्यक्ति दिनुभएकाले उहाँहरूमा चमक देखियो । त्यो नै सबैभन्दा ठुलो ऊर्जाको विषय हो,’ उनले भने ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका भूभागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
Weather Update