
सिन्धुपाल्चोक - चौताराको पुरानो बजारमा गाईजात्रा भव्य रुपमा मनाइएको छ । साँगाचोकगढी नगरपालिका–५ स्थित पुरानो बजार क्षेत्रमा चौतारा भीमसेन युवा समूहको सक्रियतामा गाईजात्रा कार्यक्रम गरिएको हो ।
समूहका सचिव निर्मल श्रेष्ठका अनुसार यस्ता कार्यक्रमको मुख्य उद्देश्य स्थानीय संस्कार र संस्कृतिको संरक्षण गर्नु हो।
श्रेष्ठले भने, ‘हाम्रो पहिचान बोकेको पुरानो परम्परा र सांस्कृतिक सम्पदालाई जोगाउने जिम्मेवारी आजको पुस्ताले लिनुपर्छ। यही सोचका साथ हामीले यो कार्यक्रम गरेका हौं।’
युवाहरुको नेतृत्वमा आयोजित यस कार्यले पुरानो बजार क्षेत्रको सांस्कृतिक महत्वबारे स्थानीयवासीलाई सचेत गराएको आयोजकहरूले बताएका छन्।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा पनि चौतारामै भव्य सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको आयोजक समूहले जनाएको छ।