Harsamaya
आज बागमती सहित पाँच प्रदेशमा वर्षा

काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती भने देशभर साधरणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update