Harsamaya
क्रिकेटर ललित राजवंशीलाई मातृशोक
क्रिकेटर ललित राजवंशीकी आमा शुभो राजवंशी ।

काठमाडौं - क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । 

ललितकी आमा ६३ वर्षीया शुभो राजवंशीको आइतबार निधन भएको हो ।

उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिइन् । 

नेपाल क्रिकेट संघ क्यानले सामाजिक सञ्जालमार्फत निधनप्रति दुःख प्रकट गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update