Harsamaya
सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित
सप्तरीमा बाढी : ५०० घर डुबानमा, दुई हजारभन्दा बढी प्रभावित बाढीका कारण हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका करिब ५०० घर डुबानमा परेका छन् भने दुई हजारभन्दा बढी मानिस प्रभावित भएका छन्।
मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध
मनाङमा बाढीको वितण्डा : चामेका पाँच घरमा पूर्ण क्षति, बेँसीसहर–चामे सडक अवरुद्ध मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार मनाङ ङिस्याङ गाउँपालिका अझै फोन सम्पर्कमा आउन सकेको छैन । बाढी र पहिरोका कारण विभिन्न क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको उनले बताए।
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
सिम्पालकाभ्रेमा कांग्रेसको ‘बीउ’ रोप्ने श्री लामाले गरे महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट श्री लामाले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो
‘सुरक्षा’ कारण देखाउदै पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जवरालाई छाडियो गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । ‘डिस्कर्ड ग्रुप’मा जबराविरुद्ध विभिन्न अफवाह फैलिएको भन्दै सुरक्षाका निम्ति नियन्त्रण लिइएको प्रहरीको दाबी छ । 
पाल्पामा बारीको ढिस्को खस्दा घर पुरियो, उपचारका क्रममा ७५ वर्षीय वृद्धको मृत्यु
पाल्पामा बारीको ढिस्को खस्दा घर पुरियो, उपचारका क्रममा ७५ वर्षीय वृद्धको मृत्यु गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा आज बिहान ९ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
सोह्र श्राद्धमा के–के गरिन्छ ? [भिडियोसहित]
सोह्र श्राद्धमा के–के गरिन्छ ? [भिडियोसहित] उनले वैदिक तथा सनातन परम्पराअनुसार मानिसले जन्मिँदै पितृ ऋण, ऋषि ऋण र देव ऋण गरी तीन प्रकारका ऋण बोकेर आउने उल्लेख गरे ।
कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे, ८० घर जोखिममा
कालीगण्डकीको बाढी बस्तीमा पस्दा २५ घर बगे, ८० घर जोखिममा बाढीका कारण अन्य घरहरू पनि जोखिममा परेका छन्। जोखिम बढेपछि बस्तीमा रहेका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म मानवीय क्षति भने भएको छैन।
पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता बेपत्ता हुनेमा घरधनी लिलबहादुर घर्ती मगर, उनकी १७ वर्षीया छोरी दिना घर्ती मगर र छिमेकी मोतिलाल घर्ती मगरकी १५ वर्षीया छोरी झरना घर्ती रहेका छन्।
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद
मनाङको ताल गाउँ डुबानमा, माथिल्लो क्षेत्रसँग सम्पर्क विच्छेद त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति बाढीसँगै भएको नदी कटानका कारण नरेन्द्र दर्जी, सकिल मियाँ र अब्दुल अलीको घरमा समेत आंशिक क्षति पुगेको छ ।
नारायणीमा बाढीको उच्च जोखिम, जलसतह १३ मिटरसम्म पुग्ने पूर्वानुमान
नारायणीमा बाढीको उच्च जोखिम, जलसतह १३ मिटरसम्म पुग्ने पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको जलसतह हाल खतरा तह ९ मिटरभन्दा माथि पुगेर करिब ११ मिटर पुगेको छ। जलसतह अझै बढ्दो क्रममा रहेको छ।
Weather Update