Harsamaya
पाल्पामा बारीको ढिस्को खस्दा घर पुरियो, उपचारका क्रममा ७५ वर्षीय वृद्धको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

पाल्पा - पाल्पाको माथागढी गाउँपालिका–२ रुक्सेमा बारीको ढिस्को खस्दा घर पुरिएर एक वृद्धको मृत्यु भएको छ।

आज बिहान करिब २ः३० बजे बारीको ढिस्को खसेर ७५ वर्षीय शेरबहादुर चिडी मगरको घर पुरिएको हो। ढिस्कोले घर पुरिँदा घरभित्र रहेका शेरबहादुरलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तानसेन लगिएको थियो।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका उनको उपचारका क्रममा आज बिहान ९ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाका क्रममा घरमा रहेका अन्य चार जना भने सकुशल रहेका छन्। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update