देशभर मौसम बदली: उच्च पहाडी क्षेत्रमा हिमपात र हल्का वर्षाको सम्भावना
मंगलबार, पुस २३, २०८१
हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेशमा आंशिक बदली छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ। तराईका केही स्थानहरूमा बिहानैदेखि हुस्सु लागेको छ।

सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनमा जोड
सोमबार, पुस २२, २०८१
पारदर्शीता र जवाफदेहिताका लागि सूचनाको हकसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय सूचना आयोगको आयोजना एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशको सहकार्यमा आज पोखरामा आयोजित प्रदेशस्तरीय अनुगमन इकाई प्रमुखसँग “सूचनाको अधिकार : कार्यान्वयनको चुनौति” विषयक अन्तरक्रियाका सहभागीले सूचना दिने र लिनेबीचमा आपसी विश्वास कायम हुनुपर्ने...

वन्यजन्तुको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
सोमबार, पुस २२, २०८१
नेपालमा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म वन्यजन्तुको आक्रमणबाट ८३ जनाले ज्यान गुमाएका छन् । यस्तै, जनावरको आक्रमणबाट पाँच सय ९९ जना घाइते भएका प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले तीमध्ये सबैभन्दा बढी सर्पले डसेर मृत्यु तथा घाइते भएका बताए। उनका अनुसार सर्पले डसेर मात्रै ७०...

सार्वजनिक यातायातको भाडा बढ्यो (सूचीसहित)
सोमबार, पुस २२, २०८१
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आजदेखि लागु हुने गरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा बढाएको हो ।
यात्रुवाहक सवारीमा ३.३० प्रतिशत भाडा बढाइएको छ । यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको...

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी
सोमबार, पुस २२, २०८१
पश्चिम नवलपरासीको कारागारमा क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । कारागारमा एक सय ७५ कैदिबन्दी राख्ने क्षमता भए पनि हाल पाँच सय ६५ जना राख्नु परेको कार्यालयका प्रमुख विकल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार २५ महिला र एक सय ५० पुरुष कैदिबन्दी राख्ने क्षमता भएको...

इन्द्रसरोवरमा पाँच महिनामा मात्र तीन उजुरी टुङ्गिए
सोमबार, पुस २२, २०८१
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा तीनवटा उजुरीको मात्र किनारा लगाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष उमाकुमारी लामाको संयोजकत्वमा गठित न्यायिक समितिमा चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा दर्ता भएको आठवटा उजुरीमध्ये तीनवटा किनारा लगाएको हो ।

मधेस प्रदेशमा भ्रष्टाचारको ठूलो स्क्यान्डल: भूमि व्यवस्था, कृषि मन्त्रालयका ६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर
सोमबार, पुस २२, २०८१
मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकर प्रसाद साह, कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, सह...

ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
आइतबार, पुस २१, २०८१
जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एकजना महिलाको घटनास्थलमा मृत्यु भएको छ ।
पीपलटारीस्थित तल्लो रोहोटेका धु्रव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया वृद्धा दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो । मृतक पौडेल चिया पिउन र दूध लिन...
साताको लोकप्रिय