गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
आइतबार, पुस २१, २०८१
नेपाल एकीकरणका क्रममा प्रयोग गरिएको पदमार्गको प्रचारप्रसारका लागि नेपाली सेनाको एक टोली आज गोरखा–काठमाडौँ पदयात्रामा निस्किएको छ ।
गोरखाबाट सुरु भएको एकीकरण पदयात्रा धादिङ, नुवाकोट हुँदै यही पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंको हनुमान ढोका दरबारमा आयोजना हुने विशेष समारोहमा सहभागी भएर समापन हुने नेपाली सेना रिपुर्मदन गण गोरखाका गणपति प्रमुख सेनानी अशोककुमार क्षेत्रीले जानकारी दिए ।

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
आइतबार, पुस २१, २०८१
आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला रू एक हजार पाँच सय घटेको हो ।

आजको मौसम : सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
आइतबार, पुस २१, २०८१
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

आजको मौसम : हिमाली क्षेत्रमा फाटफुट वर्षाको सम्भावना
आइतबार, पुस २१, २०८१
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू९भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू९भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सुरकुहिरो लागेको अवस्था...

पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन
शुक्रबार, पुस १९, २०८१
यातायात व्यवस्था कार्यालय तनहुँले पाँच महिनाको अवधिमा रु सात करोडभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्म रु सात करोड ७१ लाख ६२ हजार एक सय संकलन गरेको हो ।
कार्यालयका अनुसार यातायात क्षेत्रबाट रु २४ लाख ३२ हजार नौ सय, चालक अनुमतिपत्र, सवारी दर्ता...

बझाङमा फेरि जीप दुर्घटना, चालकको मृत्यु
शुक्रबार, पुस १९, २०८१
जिल्लाको मष्टा गाउँपालिका- १ कोटदेवलमा जीप दुर्घटना एकजनाको मृत्यु भएको छ । जीप चालक मष्टा गाउँपालिका-१ रनाडाका ४२ वर्षीय धर्म थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप भातेखोलाबाट रनाडा जाने क्रममा मष्टा गाउँपालिका-१ कोटदेवलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जीप...

मुगुमा भूकम्प
शुक्रबार, पुस १९, २०८१
मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
साताको लोकप्रिय