Harsamaya
देशभर न्यून चापीय प्रणालीको प्रभाव, आज यी तीन प्रदेशमा वर्षा
सांकेतिक तस्वीर: हर समय/Har samaya

काठमाडौं - हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लागिरहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी  र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य  तराई भू-भागका थोरै स्थानहरूमा बिहानीपख हुस्सु रहनेछ ।

प्रकाशित मिति: आइतबार, माघ ११, २०८२  ०६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update