Harsamaya
सङ्खुवासभामा बोलेरो जिप दुर्घटना अपडेटः मृतक दुई जनाको  पहिचान खुल्यो
सांकेतिक तस्विर: हर समय/Har Samaya

सङ्खुवासभा - सङ्खुवासभाको चैनपुर नगरपालिका–२ नुनढाकीमा जिप दुर्घटना हुदाँ एक जनाको घटनास्थलमा नै ज्यान गएको छ । 

चैनपुर–२ नुनढाकीस्थित चैनपुर नुनढाकी खण्डको भित्री सडकमा जिप दुर्घटना हुँदा चैनपुर–१ का ५९ वर्षीय वीरबहादुर लिम्बू र चैनपुर–१ का पैरेका अनिष थक्लुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए । 

आइतबार साँझ ५:३० बजे  चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–२ स्थित नुनढाकी नजिकै दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका थिए । जिप दुर्घटनामा परेर चैनपुर–१ सिङरिङ बस्ने ३४ वर्षीय निमदोर्जी शेर्पा, ९ वर्षीय बालक पेम्बा शेर्पा, चैनपुर मैदानेका ४५ वर्षीय भीमबहादुर थुलुङ र पाँचथरको फिदिम नगरपालिका–४ का २८ वर्षीय दीपेश माझी रहेको नायब प्रहरी उपरीक्षक  मैनालीले बताए । 

गम्भीर घाइते चैनपुर–१ सिङरिङ्का निमदोर्जी, भीम बहादुर र पाँचथरको फिदिमका  दीपेशलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।  घटनालगत्तै सशस्त्र प्रहरी नं ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update