जबरजस्ती पेलेरै सदन चलाउनुपर्ने बाध्यता छ, संख्या पुर्याउनुपर्नेछ : सभामुख
सोमबार, असार १६, २०८२
सभामुख देवराज घिमिरेले नीति र विधि अनुसार आर्थिक विधेयक असार मसान्तभित्र पास गर्नुपर्ने भएकाले जबरजस्ती पेलेरै संख्या पुर्यनएर भएपनि सदन चलाउनुपरेको बताएका छन् ।

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु (भिडियोसहित)
सोमबार, असार १६, २०८२
नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरूमा पूर्वसहसचिवहरू रोहित कुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

संसदले पास गरेका विधेयकहरूमाथि अदालत प्रवेश भएकोप्रति सांसदहरुको आपत्ति
सोमबार, असार १६, २०८२
समितिको बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले विनियोजन विधेयकभित्र पनि अदालत प्रवेश गरेको भन्दै आपत्ति जनाएका छन् । उनले संसद्ले पास गरेका विधेयकहरूमाथि पनि अदालत प्रवेश गर्ने कुरा पटक्कै राम्रो नभएको बताएका हुन् ।

सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट नियुक्त
सोमबार, असार १६, २०८२
यसै गरी सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरु कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव श्री कृतिबहादुर बस्नेत अध्यक्ष र श्री वसन्तराज पुरी, धनकुटा तथा श्री गोविन्द शर्मा गैहे, तनहुँ सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने, कर्जा असुली न्यायाधिकरणको आ.व. २०८१/८२ का लागि आवश्यक अधिकृत स्तरका तीन पदको अस्थायी...

विद्या भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सबै सुविधा फिर्ता गर्ने
सोमबार, असार १६, २०८२
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

संसदीय अभ्यासको प्रभावकारिताबारे पुनःमूल्यांकन आवश्यक : उपाध्यक्ष घिमिरे
सोमबार, असार १६, २०८२
उपाध्यक्ष घिमिरेले लोकतान्त्रिक मूल्य–मान्यता संस्थागत गर्न, संविधानको प्रभावकारी कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धन गर्न संसद बलियो हुनुपर्ने धारणा राख्दै भनिन्, ‘संसद् बलियो हुँदा मात्र शासन जनउत्तरदायी हुन्छ र जनताले लोकतन्त्रको लाभ प्रत्यक्ष रूपमा महसुस गर्न सक्छन् ।’

संसद संवाद र सहकार्यको थलो बन्नुपर्छ : सभामुख घिमिरे
सोमबार, असार १६, २०८२
सभामुख देवराज घिमिरेले संसद दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै संसदलाई जनअपेक्षा सम्बोधन गर्ने प्रभावकारी र उत्तरदायी संस्थाको रूपमा विकास गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।

आज संसद दिवस मनाइँदै
सोमबार, असार १६, २०८२
मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार संसद दिवस मनाइँदैछ ।

कांग्रेस केन्द्रीय समिति बैठक आजबाट
सोमबार, असार १६, २०८२
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजबाट सुरु हुँदैछ । विधानतः हरेक दुई महिनामा बस्नुपर्ने यो बैठक ९ महिनाको अन्तरालपछि बस्न लागेको हो ।

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोमबार, असार १६, २०८२
सङ्घीय संसद अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे (भिडियोसहित)
सोमबार, असार १६, २०८२
सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेको बताएका छन् ।

धान उत्पादन राम्रो छ, तर तथ्यांकलाई गलत व्याख्या गरेर भ्रममा पारियो : गगन थापा (भिडियोसहित)
आइतबार, असार १५, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा धान उत्पादनबारे फैलिएको गलत धारणा सच्याउनुपर्नेमा जोड दिएका छन् ।

नेपालले खाद्य अधिकारलाई मौलिक अधिकार मानेको छ : परराष्ट्रमन्त्री
आइतबार, असार १५, २०८२
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले नागरिकको खाद्य सम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताएकी छिन् ।
साताको लोकप्रिय