क्रियाशील सदस्यता अद्यावधिक गर्न सभापति लामाको आग्रह
काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई साउन ३ गतेसम्मका लागि थप गरे पनि सिन्धुपाल्चोकमा अपेक्षाअनुसार प्रगति हुन सकेको छैन।
कांग्रेस सिन्धुपाल्चोकका सभापति जंगबहादुर लामाले पार्टीको विधि, पद्धति र अनुशासित संगठन निर्माणका लागि क्रियाशील सदस्यता अद्यावधिकलाई प्राथमिक अभियानका रूपमा सफल बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले समयमै सदस्यता नवीकरण तथा अद्यावधिक सम्पन्न गर्न सबैलाई अनुरोध गरेका छन्।
कांग्रेसले देशभर वडा, पालिका र क्षेत्रीय तहबाट सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। सिन्धुपाल्चोकमा पनि अभियानलाई तीव्र बनाउने प्रयास जारी रहे पनि लक्ष्यअनुसार सदस्यता अद्यावधिक हुन नसकेको देखिएको छ।
प्रकाशित मिति: सोमबार, असार २२, २०८३ ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

