Harsamaya
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतको महाराष्ट्रमा बुधबार भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत् सो दुर्घटनामा परी नेपाली र भारतीय नागरिकको मृत्यु भएको खबरले आफू दुःखी भएको उल्लेख गरेकी छिन् ।
जनता र बिकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह
जनता र बिकासलाई केन्द्रबिन्दुमा राखेर काम गर्न राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रुपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि काम गर्नुपर्ने बताएका छन्।
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड
माओवादी सरकार ढाल्न लागेको छैनः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताएका छन ।  सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन ।
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड
देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन्। आज सुर्खेत विमानस्थलमा प्रेस सेन्टर सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन् बिग्रँदै गएको बताए । 
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित
भीम रावलको पक्षमा लागेको भन्दै अछामका ६ जना एमालेबाट निष्काषित भीम रावलको मातृभूमि जागरण अभियानलाई साथ दिएको भन्दै नेकपा एमाले अछामले ६ जनालाई जिम्मेवारीमुक्त गरेको छ। जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलले विज्ञप्ति जारी गरी पार्टीको विधानविपरीत विभिन्न गतिविधिमा संलग्न भएको भन्दै ६ जनालाई जिम्मेवारीबाट हटाएको जानकारी दिए । 
के गर्दैछन् संसदीय समितिहरू ? 
के गर्दैछन् संसदीय समितिहरू ?  सरकारले संघीय संसद्को हिउँदे अधिवेशन माघ १८ गतेबाट बोलाउने भएपछि संसदीय समितिहरू पनि विधेयक पास गराउनैपर्ने बाध्यतामा पुगेका छन् । संसद् अन्तर्गत रहेका समिति सभापतिहरूले आफूसँग भएका केही विधेयकहरू अधिवेशन सुरू हुने बित्तिकै तथा केही विधेयकहरू अधिवेशनको बीच सम्ममा संसद लैजाने गरी तयारीमा रहेको बताएका छन् । 
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस
स्पेनका लागि राजदूत नेपालद्वारा ओहोदाको प्रमाणपत्र पेस स्पेनका लागि नवनियुक्त नेपाली राजदूत सनिल नेपालले यहाँको विदेश मन्त्रालयका शिष्टाचार महाशाखाका महानिर्देशक एड्रियन मार्टिन कोउस समक्ष ओहदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका छन् । राजदूतको जिम्मेवारी सम्हाल्न सोमबार स्पेन आइपुगेका उनले मङ्गलबार महानिर्देशक कोउससमक्ष ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेस गरेका हुन् ।
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला
वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : कांग्रेस नेता कोइराला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार कुनै हालतमा परिवर्तन नहुने बताएका छन् ।  आज विराटनगरस्थित कोइराला निवासमा नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकार भेटघाटमा बोल्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेबीच सात बुँदे सहमतिका आधारमा निर्माण भएकाले सरकार परिवर्तन हुने कारण नरहेको प्रष्ट पारे । 
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल
कुनै पनि बहानामा सरकार ढल्दैन : अर्थमन्त्री पौडेल उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार कुनै पनि बहानामा नढल्ने स्पष्ट पारेका छन्। नेकपा (एमाले) कास्कीद्वारा बुधबार पोखरामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सरकार टिकाउने मात्रै कर्तव्य नभई यसलाई सफल र परिणाममुखी बनाउनु आजको मुख्य जिम्मेवारी भएको बताए।
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग सशस्त्र प्रहरी बल नेपालले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रू ५१ लाख ३९ हजार ४०२ सहयोग गरेको छ। सशस्त्र प्रहरी बलको २४औँ वार्षिकोत्सवका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उक्त रकम बराबरको चेक गृहमन्त्री रमेश लेखकलाई हस्तान्तरण गरे।
खानेपानी संस्थाहरु करमुक्त गर्न माग
खानेपानी संस्थाहरु करमुक्त गर्न माग राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले मङ्गलबार खानेपानीमन्त्री प्रदीप यादव र मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई एक ज्ञापनपत्र बुझाउँदै खानेपानी संस्थाहरु करमुक्त हुनुपर्ने माग राखेको छ ।
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा
सिमेन्ट बोरामा २५० रुपैयाँले बढे पछि उद्योग मन्त्री संसदीय समितिमा सिमेन्ट उद्योगीहरूले मिलेमतोमा सिमेन्टको मूल्य प्रति बोरा अढाइ सय रुपैयाँले बढाएपछि निर्माण व्यवसायीहरूले बढेको मूल्यमा सिमेन्ट खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।
Weather Update