Harsamaya
विपद् जोखिम न्यूनीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्ने सरकारको तयारी 
सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रम ।

काठमाडौं - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले तातो हावाको लहर ‘लु’ बाट बच्ने उपायका सन्देश पाँच वटा भाषामा तयार गरिने बताएका छन् ।  

बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’ बाट बच्ने सन्देश मूलक सामग्रीहरूलाई छिटै पाँच वटा भाषामा अनुवाद गरिने बताएका हुन् । 

उनले भने, ‘अहिले पानी परिरहे पनि केही दिन पछि तातो हावाको लहर ‘लु’ को कुरा आउछ, त्यो आउँदै गर्दा हाम्रा केही सामाग्री सन्देशहरू छन् । हामी त्यसलाई पाँच वटा भाषामा अनुवाद गर्दैछौ । हामी छिटै सन्देश मूलक सामाग्रीहरूको लाइब्रेरी बनाउने र त्यसमा सबै सामाग्री हुनेछन् ।’

उनले अन्य विपदबाट बच्ने सन्देश मूलक सामाग्री बनाइने जानकारी दिदै यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए ।  

यस्तै, कार्यक्रममा सह सचिव ई. अजूर्न कुमार बमले हरेक संस्थाले आफ्नो कार्यक्षेत्र छुट्टाएर काम गर्नुपर्ने बताए । उनले  ‘लु’ लाग्ने समयमा संस्थाहरूले आफ्नो कार्यक्षेत्र तोकेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना दिँदा स्थानीय तहसँग सहकार्य गर्न सहज हुने पनि बताए ।  


 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  २२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update