Harsamaya
प्रतिनिधि सभाको बैठक आज पनि जारी
 प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दै।

काठमाडौं - प्रतिनिधि सभाको बैठक बिहीबार बिहान बस्दैछ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

बैठकमा आज पनि सांसदहरूले आफ्नो धारणा राख्दै सरकारको नीति तथा कार्यक्रमबारे बोल्नेछन्।

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update